काठमाडौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी गएको पहिरो हेर्न आज बिहान छिमेकीसँगै पुगेका अन्दाजी ७० वर्षका पुरुषलाई माथिबाट झरेको पहिरोले पुरेको स्थानीय कोटाकोट निमाविका प्रधानाध्यापकप्रर्थ थापाले जानकारी दिए । तीन जना घाइते भएका छन् । दुई जना बेपत्ता छन् ।
पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।





प्रतिक्रिया