काठमाण्डौ – धरहरामा रोकिएको टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने भएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा झण्डै साढे तीन महिनापछि टावरको काम सुरु हुने भएको हो ।
टावर निर्माणको काम गर्ने कामदारलाई अहिले क्वरेण्टीनमा राखिएको धरहराको पुनर्निर्माण हेर्दै आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनका अनुसार लकडाउनका बेला घर गएका १ सय १० जना कामदार अहिले काठमाण्डौ आएका छन् ।
उनीहरुको आज पीसीआर परीक्षण गर्ने तयारी छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै धरहराको ११ तलाको काम सुरु हुनेछ । धरहराको दशौं तलाको काम भने यसअघि नै सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको बताए ।





प्रतिक्रिया