देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं .  गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आज थपिएकामा सबै भन्दा धेरै नवलपरासी पूर्वमा ११ जना, म्याग्दीमा नौ जना, तनहुँमा ३ जना रहेका छन्।

यस्तै गोरखा र कास्कीमा एक एक जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या संख्या १२ सय २८ पुगेको छ। हालसम्म ९ सय २५ जना डिस्चार्ज भएका छन्।