देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यातायात व्यवसायी र मजदुरहरुको माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए । तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि यो टोलीले खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेट गरेको थियो । त्यस्तै बुधबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेको थियो ।