काठमाडौ । सिन्धुपाल्चोकमा पहिरोमा परि बेपत्ता २ जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको हो ।
भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा आज बिहान आएको पहिरोले गेन्जिङ शेर्पाको घर बगाउँदा बेपत्ता भएका पाँचजना मध्ये दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै तीन जना बेपत्ता छन् । हराइरहेका ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता तीनजनाको खोजी कार्य जारी राखेको छ ।





प्रतिक्रिया