देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४ पुग्यो

देशान्तर

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ। बिहीबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।