देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौं । बिहीबार काठमाडौंमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंंमा संक्रमित हुनेको संख्या २ सय ४५ पुगेको छ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।पछिल्लो २४ घन्टामा थप २ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ।