देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

देशान्तर

काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ। मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति बोर्ड बाट पारित भएको छ। बोर्डबाट पारित भएसँगै अपरान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए।

कोरोना भाइरसको महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ। लामो समय लकडाउनका कारण प्रभावित भएको आर्थिक क्षेत्रलाई राहत हुने गरी मौद्रिक नीति ल्याउन विभिन्न संघ, संस्था तथा राजनीतिक दलले नेपाल राष्ट्र बैंकलाई सुझाव दिइरहेका छन्।

आर्थिक प्रवद्र्धनका विभिन्न प्याकेजसहित सरकारको आगामी आर्थिक वर्षको बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक जुटेको छ। मौद्रिक नीति नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गर्ने तयारी छ।