देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अयोध्याबारे प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती सुरु

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ ।

भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तीको विरोधमा त्यहाँ रहेका नेपालीहरुमाथि ज्यादती गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन्।

हालै एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ। यसैबीच घटनाबारे भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले चासो दिएका छन्।

उनले सामाजिक सन्जालमार्फत उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जानकारी दिएका छन्।