देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौँ  । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौँका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।