देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्व खीमकुमारी रानाभाटको योगदान महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

देशान्तर

गण्डकी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसभामुख एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटकी माता स्व खीमकुमारी रानाभाटले नेपालको परिवर्तनका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको बताए ।

स्व रानाभाटको ११औँ दिनको पूण्यतिथिमा आज रानाभाट निवासमा भएको श्रद्धाञ्जलिसभामा वरिष्ठ नेता पौडेलले पञ्चायतकालीन व्यवस्थामा काँग्रेसका नेतामात्र नभई अन्य पार्टीका नेताको पनि जमघटस्थल रानाभाट निवास भएको स्मरण गरे। पार्टीका महामन्त्री शशांक कोइरालाले स्व खीमकुमारीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउँदै पञ्चायती निरङ्कुशताविरुद्ध उहाँको चेतनाले परिवर्तनको आन्दोलनलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरे ।

श्रद्धाञ्जलिसभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसीलगायतले स्व रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे। विसं १९७७ को विजयादशमीको दिन जन्मेकी खीमाकुमारीको एक सय वर्षको उमेरमा गत असार २३ गते स्वर्गारोहण भएको थियो । उनका तारानाथसहित खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र रानाभाट गरी चार छोरा एवं खीमादेवी र शोभाकुमारी दुई छोरी छन् ।