हेटौँडा । वाग्मती प्रदेशसभाको आजको बैठकमा विभिन्न चार वटा विधेयकमाथि छलफल शुरू भएको छ । यसअघि बैठकमा आन्तरिक मामिला तथा कानूमन्त्री शालिकराम जम्मकट्टेलले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई सशोधन गर्र्न बनेको विधेयक र भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधार विकास व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए।
सोही बैठकमा मन्त्री जम्मकट्टेलले छलफलमा सदस्यहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुँदै प्रदेश सरकारले केही नेपाल ऐन संशोधन गर्न एकीकृत रुपमा ३४ वटा ऐनको विभिन्न दफाहरुलाई संशोधन गर्न आवश्यक भएकाले विधेयक प्रस्तुत गरिएको उल्लेख गर्दै जनता केन्द्रीत विकास पूर्वाधार र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
यसैगरी मन्त्री फुयाँलले छलफलमा सदस्यहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिदै यो प्रदेशका १३ वटै जिल्लालाई हरित नगरी एवं पूर्वाधार विकासका लागि सडक सञ्जालको निर्माणका क्रममा ज्येष्ठ नागरिक, अपाङ्ग बालमैत्री बनाउनेतर्फ लक्षित रहेको बताए । उनले सार्वजनिक सडकको परिभाषाअन्तर्गत प्रदेशका विभिन्न सहरको संरचनालाई विखण्डित गर्न नहुने भन्दै सरकारले सडक पूर्वाधारको आवश्यक मापदण्ड तयार गर्ने र दुवै पक्षलाई प्रतिकूल नहुने गरी कार्यान्वय गर्ने जानकारी दिए।





प्रतिक्रिया