देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिपी स्मृति दिवस मनाउन मातहका समितिहरुलाई नेविसंघको परीपत्र

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघले साउन ६ गते बिपी कोइरालाको ३८ औं स्मृति दिवस मनाउन मातहका समितिहरुलाई परीपत्र जारी गरेको छ । नेबिसंघ जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेश क्षेत्र मातहतका समितिहरुलाई स्मृति दिवस मनाउन अध्यक्ष राजीव ढुंगानाले केन्द्रीय समितिको तर्फबाट यो परीपत्र जारी गरेको हुन् ।

बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा राहत, उद्दाव र, पुनर्स्थापना लगायतका कार्यगरु सम्पन्न गरेर स्मृति दिवस बनाउन अध्यक्ष ढुंगानाको सर्कुलर छ । यस्तै, प्रबिधि मार्फत बिपी कोइरालाको बिचार, दृष्टिकोण, योगदान, ब्यक्तित्व सम्बन्धि सेमिनार वा गोष्ठी संचालन गर्न भनिएको छ । रक्तदान, बृक्षारोपण, बृद्ध तथा बिरामी हरुलाइ फलफुल बितरण, सरसफाई लगायतका गतिबिधी सञ्चालन गर्ने भनिएको महामन्त्री बलदेव तिमल्सिना जानकारी दिए ।