देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक आज बस्दै

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने जानकारी दिए।

आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। नेकपाले जारी स्थायी समिति बैठक ४ साउनसम्मको लागि स्थगित गरेर सचिवालय बैठक बोलाएको हो । शुक्रबार ओली रदाहालबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो।