देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मौद्रिक नीतिमा यातायात व्यवसायीको मुख्य माग सम्बोधन, ७ गतेपछि गाडी चलाउने

देशान्तर

काठमाडौ । यातायात व्यवसायीले मौद्रिक नीतिको स्वागत गर्दै साउन ७ गतेपछि यातायात चलाउने बताएका छन्।

मौद्रिक नीतिमा कर्जा तिर्ने समय थप भएसँगै यातायात व्यवसायीले आफ्ना मुख्य माग सम्बोधन भएको प्रतिक्रिया दिएका हुन्।

सरकारले छोटो दूरीमा यातायात सञ्चालन गर्न दिने निणर्य गरे पनि कर्जा तिर्ने समय नसारेका कारण व्यवसायीले गाडी नचलाउने बताउँदै आएका थिए।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारी प्रभावित व्यवसायीलाई ६ महिनादेखि १ वर्षसम्म किस्ता तिर्ने समय थप गरेको छ। व्यवसायीले महामारीको अति प्रभावित क्षेत्रमा यातायात पर्ने दाबी गर्दै आएका छन्।

राष्ट्रबैंकले मौद्रिक नीति जारी गरे पनि कुन व्यवसाय कति प्रभावित भन्ने कार्यविधि भने बन्न बाँकी नै रहेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघले मौद्रिक नीति आफूहरुको माग अनुसार आएको जनाएको छ।