देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी कमिटी बैठक साउन ६ गते फेरि बस्नेगरि स्थगित

देशान्तर

काठमाडौं : नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आज दिउसो तीन बजे बस्ने भनिएको बैठक साउन ६ गते विहान ११ बजे सम्मका लागि स्थगित गरिएको हो।

गत असार १० गते सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा बनाइएको भए पनि सुरुमै प्रधानमन्त्रीको राजीनामा माग हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो।

अध्यक्ष पुष्पकमल दाहाल , वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गरेका थिए।  ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहेपछि पार्टीभित्र लामै समयसम्म विवाद चलेको थियो।

विवाद समाधानका लागि पटकपटक दुई अध्यक्षबीच छलफल हुँदै आएकोमा हिजो सचिवालय बैठक बसेको थियो। हिजो सचिवालय बैठक सकिनासाथ दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।