काठमाडौं । आइतबार काठमाडौं र ललितपुरमा गरी ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ४७ र ललितपुरमा ७७ पुगेको छ। काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। देशभर संक्रमितको संख्या भने १७ हजार ६ सय ५८ पुगेको छ।





प्रतिक्रिया