देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘बर्थडे पाटी’ मा बोलाएर बलात्कार

देशान्तर

ओखलढुङ्गा । बर्थडे पाटी (जन्म दिनको भोज) खुवाउने बहानामा केटी साथीलाई बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पाटी दिने भन्दै बोलाएर २३ वर्षीया युवतीलाई जबरजस्ती गरेको उजूरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनीहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मदिन परेकाले युवतीलाई पाटी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती गरेको केटी पक्षले दिएको उजुरीमा उल्लेख छ ।

युवकले मादक पदार्थ सेवन गरेर आफूमाथि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छिन् । पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

यस्तै यसअघि शनिबार नै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । श्रीमान वैदेशिक रोजगारीमा गएको मौका छोपी जबरजस्ती करणी गरेको र ५ महिनाको गर्भ समेत रहेको भन्दै महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । ती महिलाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।