देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८० हजार घुससहित सव-इन्जिनियर पक्राउ

देशान्तर

काठमाडौं। बारामा कार्यरत एक सरकारी सव-इन्जिनियर घुससहित पक्राउ परेका छन्। कलैयास्थित जलश्रोत सिँचाइ विकास डिभिजनल कार्यालयका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले आज पक्राउ गरेको हो।

नदी तटबन्धको जाली लगाउने काम सकिएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग जैसवालले घुस लिएको अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्। हेटौंडाबाट खटिएको टोलीले जैसवाललाई रंगेहात पक्राउ गरेको हो। उनीसँगै रहेका चन्दन जैसवाललाई पनि अख्तियारको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।