देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानविद् डा. आचार्यका दुई पुस्तक सार्वजनिक

देशान्तर

संविधानविद् डा. भीमार्जुन आचार्यका दुई वटा पुस्तक सार्वजनिक भएका छन् । आइतबार उनले लेखेका पुस्तकहरु ‘द कन्सेप्ट अफ जुडिसिएल रिभ्यु’ र ‘कन्स्टिच्युसन एन्ड कन्स्टिच्युसननलिम्’ सार्वजनिक भएका हुन् ।

संविधानविद् आचार्यले कोरोना महामारीका कारण औपचारिक रुपमा लोकार्पण समारोह आयोजना गर्न नसकेर सामाजिक सञ्जालबाट पुस्तकहरु सार्वजनिक गरिएको बताए ।

पैरवी प्रकाशनले प्रकाशित गरेका पुस्तकहरुमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र न्यायपालिकाको विगत, सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समीक्षा, संविधान निर्माण प्रक्रिया, मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, प्रेस स्वतन्त्रता, विधिको शासन, न्यायिक पुनरावलोकनलगायतका विषयहरुका बारेमा चर्चा गरिएको छ ।

नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानुनी प्रणाली, राज्य संरचना, शासन पद्धतिआदिका बारेमा जानकारी राख्न चाहने स्वदेशी तथा विदेशीका लागि पुस्तकहरु उपयोगी हुने लेखक आचार्यले अपेक्षा राखेको बताए । उनले यसअघि २०७१ सालमा ‘कानुन र राजनीति’ नामक पुस्तक प्रकाशन गरेका थिए ।