काठमाडौं . बाराको देवताल गाउँपालिकामा मात्रै आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन्।
७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। संक्रमित हुनेमा ६ जना वडा अध्यक्ष, ३ जना कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरू रहेको गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र ठाकुरले जानकारी दिए। उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिएको ठाकुरले बताए।





प्रतिक्रिया