देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीका तीन जिल्लामा थप १२ जनामा कोरोना संक्रमण

देशान्तर

पोखरा । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरस स‌क्रमित थपिएका छन् ।

पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै सोमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक(एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।

गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।