काठमाडौ । लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्याह्न खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सजग रहन अनुरोध गरेको बताए । जलमापन केन्द्र देवघाटका अनुसार नारायणी नदीको देवघाट नजिक बाढीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । यो भनेको खतराको तह पार हुनु हो ।
सात दशमलव तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने बाढीको तह चेतावनी बिन्दुमा छ । पुलमा नदीको तह ११ दशमलव ७२ मिटर पुगेको छ ।





प्रतिक्रिया