देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा १८६ कोरोना संक्रमित भेटिए

देशान्तर

काठमाडौं .  पछिल्लो २४ घण्टामा देशभर १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सोमबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १ सय ७३ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ८ सय ६८ रहेको छ।