देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाविरुद्ध खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता

देशान्तर

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको छ । उसले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको छ ।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो । ती व्यक्तिहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइयो । यसले श्वेत रक्त कोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ ।

यसले ठूलो आशा जगाएको छ । तर अझै यसलाई ठूलो समूहमा परीक्षण जारी राखिएको छ । ब्रिटिश सरकारले यसको १० करोड डोजको माग अर्डर दिइसकेको छ । बीबीसी