देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

देशान्तर

धादिङमा एकैपरिवारको तीन जनाको पहिराेले पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।