काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा तालावन्दी गरेको जनाइएको छ ।
आफूहरुले पटक पटक माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदा पनि प्रशासनले चासो नदेखाएपछि तालावन्दी गर्नु परेको जनाइएको छ ।
प्रजातन्त्रवादी प्राध्यापकहरुले यअसघि असार १९ गते सात दिने अल्टिमेटम दिएको थियो ।
त्यसपअघि पनि विश्वविद्यालयमा भइरहेका गलत क्रियाकलापका विषयमा उपकुलपतिलाई ध्यानाकर्षण गराइएको थियो ।
माग सम्बोधनका लागि दिएको समयमा पनि सुनुवाई नभएपछि संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा तालाबन्दी गरेको महासचिव राजेन्द्र गाैतमले जानकारी दिए ।






प्रतिक्रिया