देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी कमिटी बैठक १ बजे

देशान्तर

काठमाडौँ । आज बिहान ११ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अपराह्न १ बजेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताबीच छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।