देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा ९ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ। पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भैसकेको छ ।