देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा ६०९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौं। पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म देशभरबाट १२ हजार ४७७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६९ दशमलव ३४ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २१ हजार ७०४ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।