काठमाण्डौ । यातायात व्यवसायीले आउँदो बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन् ।
महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिए । यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन ।





प्रतिक्रिया