काठमाडौं । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् ।
लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै उनले यसलाई अन्त्य गरिएको बताएका हुन् । तर, स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक कायम राख्ने र स्यानिटाइज गर्ने काम जारी राख्नुपर्ने उनले बताए ।
सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ ।





प्रतिक्रिया