देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४१ पुग्याे

देशान्तर

कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जना कोरोना जितेर घर फर्किसकेका छन ।