देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अबरुद्ध

देशान्तर

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो । पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए ।

उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्कएका थिए । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।