देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुराना कम्युनिष्ट नेता बरमन बुढाकाे निधन

देशान्तर

पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थबाङ घर भएका बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

आन्द्राको क्यान्सर पीडित बुढाको एक वर्षदेखि उपचार हुँदै आएको थियो । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।

बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । उनी तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत लागेका थिए ।

लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।