देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लमजुङको मर्स्याङदी गाउँपलिका ३ मा पहिरोले २० घर पुर्‍यो

देशान्तर

काठमाडौं । लम्जुङको मर्स्याङदी गाउँपलिका ३ मा पहिरोले २० घर पुरेको छ। अविरल वर्षापछि आएको पहिरोले घरहरू पुरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पहिरोको सूचना पाएलगत्तै प्रहरी उद्धारका लागि घटनास्थलतर्फ जानका लागि हिँडे पनि अन्य पहिरोका कारण सडक अवरुद्ध भएर बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डिएसपी गंगा थापाले जानकारी दिए ।

उनका अनुसार घरहरू पुरिए पनि मानवीय क्षति भएको छैन् ।