देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गतेदेखि सुरु हुने

देशान्तर

काठमाडौं । सरकारले चार महिना लगाएको लकडाउन खोलेसँगै दैनिक जीवनमा हुने क्रियाकलाप र धार्मिक कार्यहरु सुचारु हुन थालेका छन् । लकडाउनका कारण भक्तपुरमा मनाइने विस्केट जात्रा रोकिएको थियो । तर, लकडाउन खुलेका कारण रातो मत्स्येन्द्रनाथको रथयात्रा भने नरोकिने भएको छ ।

यस वर्षको रातो मत्स्येन्द्रनाथको रथारोहणको शुभ मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको जनाइएको छ । शनिबार दिउँसोको १२ः१० देखि १२ः२५ सम्म रथारोहण गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गर्ने जनाइएको छ ।

रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरि गाबहाल चोकमा राखिन्छ भने दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ । तेस्रो दिन सुन्धारा पुर्‍याइएको रथलाई चौथो दिन त्यहीँ राखिन्छ । पाँचौं दिन पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राखिने रथलाई छैटौँ दिन लगनखेलमा लगिन्छ ।

सातौँ दिनमा लगनखेलको माथिल्लो चोकमा रथलाई राखेर बली दिइन्छ । यसको भोलिपल्ट महिलाहरूले मात्रै तानेर रथलाई लगनखेलमा लगेर राख्ने गर्छन् । त्यसपछि पुनः अर्को साइत हेरेर रथलाई जावलाखेल लगिन्छ । जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाएपछि सोही दिन रथलाई बुंगमती लैजाने गरिन्छ ।