देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्यान्सर अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

देशान्तर

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीको जलेश्वर–२ की ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय ५९ जनाको नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।