देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्सामा थपिए १७ कोरोना संक्रमित

देशान्तर

पर्सामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

दुई जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् ।

संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् ।

सबैको स्वाव संकलन साउन ६ गते गरिएको थियो ।