देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । प्रदेश नं १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले जानकारी दिए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।