देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार थप १४७ जनामा कोरोना भाइरस ९कोभिड – १९० संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार १८१ नमूना परीक्षणमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । नयाँसहित कूल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।