देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस ( कोभिड (१९ )का संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन् ।

लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एकरएकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एकरएक पुरुष रहेका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ ।