देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा थप १० जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५-५ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।