काठमाडौं । कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबारदेखि वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले महानगरपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समयमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार निषेधाज्ञाको समयमा मास टेस्टिङको काम पनि अघि बढाइने छ। साथै, सुरुमा संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गरि पीसीआर परीक्षण गरिनेछ।





प्रतिक्रिया