देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि, मृतकको संख्या ४५ पुग्यो

देशान्तर

काठमाडौं । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १७ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डक अस्पतालमा मृत्यु भएको थियो । शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि मृतक युवतीमा कोरोना देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४५ पुगेको छ ।