देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धमाधम उद्यान निर्माण गर्दै काठमाडौँ महानगर

देशान्तर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान ९पार्क०को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताए । उनले बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट विनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो हुँदैन भने ।

उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकाले थिति बसाउनमै समय लागेको जनाए । उनले १८ वर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो नभएकोले चर्चा गरे । उद्यान निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नं ३, बूढानीलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिकाको वडा नं ४ को सिमानामा छ । यहाँ उद्यान बनाउने करिब रु दुई करोड ५० लाखको लागत अनुमान गरिएको वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भए ।

उनका अनुसार पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य छ । बाँकी दोस्रो चरणमा काम गरिनेछ । कामपा शहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । “भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ”, डिजाइन टिमका इञ्जीनियर नीलिमा थापा श्रेष्ठले भने, “पहिलोपटक म त्यहाँ पुग्दा चराहरुको चिरकिर आवाज, रुखकिरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो ।

त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इकोपार्क राखेका हौँ ।” उद्यानमा किरियापुत्री भवन पनि बन्नेछ । जीवनमा सबैभन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकाले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको कामपाको भनाइ छ ।