देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५-५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । समितिका अनुसार गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको हो ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोपपूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षका लागि पार्टीबाट निस्किासन गरिएको जनाइएको छ । कांग्रेस डडेलधुराका कार्यालय सचिव विष्टलाई भने तीन वर्षका लागि निस्काशन गरिएको छ ।

तीनै जनासँग अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियोरभिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।