देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाग्लुङमा पहिराेले पुर्दा २ जना बेपत्ता

देशान्तर

बाग्लुङको बाग्लुङ नगरपालिका १ मा पहिरोले स्काभेटर, टिप्पर र ट्र्याक्टर पुर्दा दुई जना बेपत्ता भएका छन् ।

टिप्पर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

बाँगेचौरमा बाटो ग्राभेल गर्ने सामग्री बोक्ने काम गरिरहेका टिप्पर र ट्र्याक्टरलाई सुक्खा पहिरोले पुरेको नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्र्याक्टर र ग १ ख ४६३७ नम्बरको टिप्पर पुरिएको हो ।

स्काभेटरका चालक भने फरार रहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो । आज बिहानैदेखि उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।