काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ । एक हवल्दार र तीन जवानमा कोरोना पुष्टि भएको हो । प्रहरी अस्पतालमा भएको परीक्षणमा संक्रमण देखिएपछि थप पुष्टिको लागि टेकु पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाहीले हामीले जानकारी दिए ।
केही दिनअघि सञ्चार र सवारी शाखामा कार्यरत चार जनालाई ज्वरो आएपछि पीसीआर परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्य १२ जनाभन्दा बढी प्रहरीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।





प्रतिक्रिया