काठमाडौं । आइतबार काठमाडौंमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ ८ जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८५ पुगेको छ। काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।





प्रतिक्रिया